ह्विलचेयरमा बसेका इरफानले मिडिया देखेर अनुहार लुकाए, फोटो खिच्नेमाथि जाइलागे प्रशंसक
बलिउड नायक इरफान खान लामो लण्डन बसाईंपछि शुक्रबार राती भारत फर्किएका छन् । उनलाई मुम्बई एयरपोर्टमा देखिएको छ । यतिबेला उनी ह्विलचेयरमा बसेका थिए त्यहाँ उपस्थित मिडियाका फोटोग्राफर र भिडियोग्राफरबाट बच्नका लागि आफ्नो अनुहार लुकाइरहेका थिए । उनले डार्क ब्लू डेनिम, ब्ल्याक ज्याकेट, ह्वाइट शर्ट, ब्लू क्याप र ह्वाईट जुत्ता लगाएका थिए ।
फिल्मको सुटिङका लागि गएका थिए लण्डनः
इरफान आजकाल निर्देशक होमी अदजानियाको नयाँ फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरिरहेका छन् जुन् सन् २०१७ मा रिलिज भएको ‘हिन्दी मिडियम’ को सिक्वल हो । यसै फिल्मको सुटिङका लागि उनी लण्डन गएका थिए । फिल्मको लण्डन शेड्यल पूरा भएपछि उनी मुम्बई फर्किएको बताइन्छ ।

प्रशंसकले जाहिर गरे चिन्ताः
इरफानलाई ह्विलचेयरमा देखेर उनका प्रशंसकहरुले चिन्ता व्यक्त गर्दै फोटो खिच्ने र भिडियो बनाउनेमाथि रोष व्यक्त गरेका छन् । सोसल मिडियामा सेयर गरिएको भिडियोमाथि प्रतिक्रिया दिँदै एक सोसल मिडिया प्रयोगकर्ताले लेखेका छन्, ‘उनी ह्विल चेयरमा किन छन् ? भगवानले उनीलाई आशिर्वाद दिइरहुन् र उनलाई चाँडै नै ठिक गरुन् । ’
अर्का प्रयोगकर्ताको प्रतिक्रिया छ, ‘यस्ता तस्बिर खिच्दा तपाईंलाई लाज लाग्नुपर्ने हो ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘मानवताका लागि यी व्यक्तिलाई एक्लै छोडिदेउ ।’
मार्च २०१८ मा इरफान खान न्यूरो इन्डोक्राइन ट्युमरको उपचार गराउन लण्डन गएका थिए । त्यहाँ करिब एक वर्ष बसेपछि उनी सन् २०१९ को अप्रिलमा भारत फर्किएका थिए । फिर्ता भएपछि उनले आफ्नो फिल्म ‘अंग्रेजी मिडियम’ को सुटिङ राजस्थानमा सुरु भयो र त्यसैको सुटिङका लागि लण्डन पुगे । फिल्ममा करिना कपुर पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण