साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन
तेहरान– साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ ।
इस्लामिक मुलुक इरान विरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको भनाई छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले अमेरिकाले लगाएको आरोपमा बिल्कुलै सत्यता नरहेको र अर्थहीन रहेको बताएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गत शनिबार साउदी अरेबियामा भएको ड्रोन हमला इरानले गरेको आरोप लगाएका थिए । ड्रोन आक्रमणका कारण साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ ।
यमनका इरान समर्थित हुथी विद्रोहीहरुले उक्त हमलाको जिम्मेवारी लिएका छन्, तर पोम्पेओले ड्रोन आक्रमण यमनबाट भएको भन्ने कुनै प्रमाण नभेटिएको दाबी गरेका छन् ।
हुथी विद्रोहीले गरेको भनिएको ड्रोन आक्रमणबाट साउदी अरेबियाको पूर्वी प्रान्तका अब्का र खुराइसका तेल उद्योगमा ठूलो क्षति पुगेको छ । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण