बलिउड अभिनेता शाहिद कपुरको जीवन बदल्ने पुस्तक
सोमबार, ३० भदौ २०७६, ०६ : २५
एजेन्सी । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले ।
२२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म प¥यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने ।बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी हुन् ।
उनले शाहिदलाई शाकाहारी भोजनका लागि पटकपटक सुझाव दिने गरेका थिए, तर त्यसको प्रभाव परेको थिएन । तर हाइन्सको पुस्तकले सबै बदलियो ।
हाइन्स पनि कुनै समय राधास्वामीका अनुयायी थिए र उनले यस पुस्तक राधास्वामी सत्संग ब्यासका लागि लेखेका थिए । शाहिद अन्ततः राधास्वामीको भक्त बने । तर, रोचक आज हाइन्स आफैँ राधास्वामीको मार्गमा छैनन् ।
आजको नयाँपत्रिका दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण