बराबरीमा सकियो एसेज सिरिज
एसेज सिरिजअन्तर्गत पाँचौ तथा अन्तिम टेस्टमा घरेलु टोली इङ्ल्यान्डले अष्ट्रेलियालाई एक सय ३५ रनले हराएको छ । यससँगै सिरिज २–२ को बराबरीमा सकिएको छ । आइतबार रातिको खेल बराबरीमा सकिएपछि अष्ट्रेलियाले एसेज ट्रफीको रक्षा गर्न सफल भयो ।
इङ्ल्यान्डले दिएको तीन सय ९९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ७७ ओभरमा दुई सय ६३ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले एक सय १७ रनको शतकीय इनिङ्स खेलेपनि हार टार्न सकेनन् । मिचेल मार्शले २४, स्टिभ स्मिथले २३ र टिम पेनले २१ रन बनाएका थिए । इङ्ल्यान्डका ज्याक लेच र स्टुअर्ट ब्रोर्डले चार चार विकेट लिए । कप्तान जोय रुटले दुई विकेट लिए ।
यसअघि दोस्रो इनिङ्समा इङ्ल्यान्डले तीन सय २९ रन बनाएको थियो । इङ्ल्यान्डका जो डेनलीले सर्वाधिक ९४ रन बनाए । बेन स्टोक्सले ६७ रनको योगदान दिए । जस बटलर ४७ र जाये रुटले २१ रन बनाएका थिए । अष्ट्रेलियाका नाथन लायनले चार विकेट लिए । प्याट कमिन्स, पिटर सिडेल र मिचेल मार्शले दुई दुई विकेट लिए ।
त्यसअघि अष्ट्रेलिया पहिलो इनिङ्समा दुई सय २५ रनमा समेटिएको थियो । स्टिभ स्मिथले सर्वाधिक ८० रन बनाएका थिए । मार्नुस लाबुसेन ४८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । इङ्ल्यान्डका जोफ्रा आर्चरले ६ विकेट लिएका थिए । साम करनले तीन र क्रिस वोक्सले एक विकेट लिएका थिए ।
पहिलो इनिङ्समा इङ्ल्यान्ड दुई सय ९४ रनमा अल आउट भएको थियो । इङ्ल्यान्डका लागि जस बटलरले ७० रन बनाएका थिए । कप्तान जोय रुटले ५७, रोय बर्नसले ४७ र ज्याक लेचले २१ रन जोडेका थिए । अष्ट्रेलियाका मिचेल मार्शले पाँच, प्याट कमिन्सले तीन र जोसन हेजलवुडले दुई विकेट लिएका थिए । प्रतियोगितामा स्टिभ स्मिथ र बेन स्टोक्स संयुक्त रुपमा म्यान अफ द सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण