सेभिया शीर्ष स्थानमा
एजेन्सी । सेभिया स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियाले डिर्पोटिभो अलाभेसलाई १–० गोलले हरायो ।
सेभियाको कठिन जितमा जोन जोर्डनले ३७औं मिनेटमा गोल गरेका थिए । जितसँगै सेभियाले चार खेलबाट १० अंक बनाएको छ । पाँच अङ्क बनाएको अलाभेस ११औं स्थानमा छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि«डको नौ अंक छ तेस्रो र चौथो स्थानमा रहेका रियल म्याड्रि«ड र बिल्बाओको समान आठ अंक छ ।
अर्को खेलमा ग्रानाडाले सेल्टाभिगोलाई २–० गोलले हरायो । ग्रानाडाको जितमा जर्मन सान्चेजले ४५औं र एन्जल हरेराले ५४औं मिनेटमा गोल गरेका थिए । जितँगै सात अंक बनाएको ग्रान्डा छैटौं स्थानमा छ ।
सात नै अंक बनाएको साविक विजेता बार्सिलोना पाँचौं स्थानमा छ । चार अंक बनाएको सेल्टाभिगो १६औं स्थानमा छ । अन्य खेलमा स्पान्योलले इबरलाई २–१ गोलले हराएको छ ।
ओसासुना र रियल भालाडोलिड तथा गेटाफे र रियल बेटिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण