एलिसा भइन् मिस ई–कलेज विजेता
काठमाडौँ । सिजन मिडिया आयोजक रहेको ‘मिस ई–कलेज २०१९’को ताज ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले जितेकी छन् । उनले शीर्ष उपाधि सहित मल्टिमिडिया अवार्ड र भिर्योस च्वाइस अवार्डसमेत हात पारेकी छन् ।
राजधानीमा एक भव्य कार्यक्रम सहित सम्पन्न कार्यक्रममा काठमाडौँको ह्वाइटहाउस इन्टरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाही फष्ट रनरअपसहित मिस ट्यालेन्ट बन्दा गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्साल र रुषा नापित थर्ड रनर अप सहित मिस पर्शनालिटी र फोटोजेनिक अवार्ड जित्न सफल भए ।
प्रतियोगितामा वेष्ट स्किन सहित फोर्थ रनरअप दीपा लिम्वु हुन सफल भइन् ।
नेपाल एयर होस्टेस एकाडमीकी प्रशिक्षक गौरीकला थापा, जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस ई–कलेज २०१६की विजेता नितिका कर्मचार्य र माछापुच्छ्रे बैङ्कका मोहिनी प्रधान र फिल्म निर्देशक जनकदिप पराजुली र सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मिता खनाल निर्णायक रहेको प्रतियोगितामा शीर्ष विजेताले ताज सहित थाइल्याण्ड टुरको लागि हवाइ टिकट, उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृत्ति लगायत बिभिन्न उपहार हात पारिन् । अन्य विजेताले पनि विभिन्न उपहार जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण