कालो धन राखेको भन्दै मुकेश अम्बानीकी श्रीमती र उनका तीन सन्तानलाई आयकर विभागको नोटिस
भारतको आयकर विभागको मुम्बई इकाइले विभिन्न देशको एजेन्सीबाट प्राप्त जानकारीको आधारमा गरिएको अनुसन्धानपछि मुकेश अम्बानी परिवारका सदस्यलाई सन् २०१५ को ‘ब्ल्याक मनी एक्ट’को प्रावधान अनुसार नोटिस पठाइएको छ ।
इन्डियन एक्सप्रेसका अनुसार निकै चुपचाप उठाइएको यो कदममा मुकेश अम्बानीकी श्रीमती निता अम्बानी र उनका तीन सन्तानको नाममा उनका कथित ‘अघोषित विदेशी आय र सम्पत्ति’ का लागि सन् २०१० मार्च २८ मा नोटिस पठाइएको छ ।
आयकर विभागको नोटिस अनुसार मुकेश अम्बानीकी श्रीमती निता अम्बानी र उनका तीन सन्तानमाथि विदेशमा अघोषित विदेशी र सम्पत्ति राखेको आरोप छ ।
सरकारलाई सन् २०११ मा अनुमानित रुपमा सात सय भारतीय व्यक्ति र संस्थाका एचएसबीसी जिनेभामा खाता भएको जानकारी दिइएको थियो । त्यसपछि आयकर विभागले आफ्नो अनुसन्धान सुरु गरेको थियो ।
त्यसपछि इन्डियन एक्सप्रेस र इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिट्सले फेब्रुअरी सन् २०१५ मा स्विस लिक्स नामबाट एउटा ठूलै अनुसन्धान गरे जसमार्फत् थाहा भयो कि एचएसबीसी जिनेभा खाताधारकको संख्या १ हजार १ सय ९५ हो ।
४ फेब्रुअरी २०१९ को आयकर अनुसन्धान रिपोर्टको विवरण र २८ मार्च, २०१९ लाई पठाइएको नोटिसबाट थाहा हुन्छ कि अम्बानी परिवारका सदस्य १४ संस्थामध्ये एक क्यापिटल इन्भेस्टमेन्ट ट्रस्टका अन्तिम लाभग्राही हुन्, जसबीच थुप्रै विदेशी र घरेलु कम्पनी छन् ।
नोटिस र मुख्य आरोपमाथि रिलायन्सका प्रवक्ताले भने, ‘कुनै नोटिस आएको भन्ने खबरसहित हामी सबै आरोप खारेज गर्छौं ।’
यद्यपि, मुम्बई इकाई र सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेसका शीर्ष अधिकारीबीच चलेको लामो विचार विमर्शपछि यो नोटिस पठाइएको हो । यसका साथै नोटिस पठाइनु केही दिन अघि अन्तिम मञ्जुरी दिइउको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण