टेलिभिजन अन्तरवार्तामा आँशु थाम्न सकेनन् रोनाल्डोले
एजेन्सी । एक टेलिभिजन अन्तरवार्ताको क्रममा क्रिस्टियानो रोनाल्डो भावुक हुँदै रोएका छन् ।
पियर्स मोगर्नसँग गरिएको उक्त अन्तरवार्तामा रोनाल्डोका पिताले उनको उपलब्धीमाथि गर्व गरिरहेको भिडियो देखाइएपछि रोनाल्डोले भावुक बन्दै आँशु रोक्न नसकेका हुन् ।
सन् २००४ मा पोर्चुगलमा आयोजित युरो प्रतियोगिताको पूर्वसन्ध्या उनको पिता होजे डिनिस एभिएरोले युभेन्टसका स्टार खेलाडीको बारेमा कुराकानी गरेको भिडियो प्रस्तुत गरिएको थियो ।
त्यसको एक वर्षपछि पूर्व सैनिक रहेका उनका पिताको ५२ वर्षको उमेरमा रक्सीको लतका कारण कलेजोले काम गर्न छाडेपछि निधन भएको थियो ।
‘मैले अहिलेसम्म यो भिडियो हेरेको थिइनँ,’ भिडियो हेरेपछि आँशु पुछ्दै रोनाल्डोले भन्छन् ।

एक घण्टा लामो अन्तरवार्ताको क्रममा उनले आफूमाथि लागेको बलात्कारको आरोपको बारेमा पनि चर्चा गरेका छन् । बलात्कारको आरोप लागेपछि आफूले आफ्नो प्रेमिका र परिवारको आगाडि लज्जित महसुस गरेको बताए ।
‘एक दिन म घरमा मेरी प्रेमिकासँग बसेर टिभी हेर्दै थिएँ, ठीक त्यही बेला रोनाल्डोले यो गर्यो त्यो गर्यो भनेर समाचार आयो,’ उनले भने, ‘त्यतिनै बेला छोराछोरीहरु माथिबाट त्यहीँ आउँदै गरेको सुनेँ । लज्जित भएर मैले टिभीको च्यानलनै परिवर्तन गरेँ ।’
अमेरिकी मोडल क्याथरिन मायोर्गाले रोनाल्डामाथि सन् २००९ मा लास भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
तर, लास भेगासको प्रहरीले रोनाल्डोविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाण फेला नपरेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण