संविधान दिवसको दिन 'ब्ल्याक आउट' गर्ने
काठमाडौं – सविधान दिवसको दिन राष्ट्रिय जनता पार्टी, (राजपा) नेपाल र लोक दलले ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरेको र त्यो सविधानलाई अझै संशोधन नगरेको भन्दै त्यस दिनको सम्झनामा विरोध दिवस मनाउनुको साथै साँझामा ब्ल्याक आउट (बत्ति निभाउने) गर्ने निर्णय भएको राजपा नेपालका सहमहामन्त्री संजय यादवले बताए ।
असोज ३ गते दिउँसो २ बजेदेखि प्रत्येक जिल्लामा विरोध जुलुस प्रदर्शन गर्नुको साथै साँझ ७ बजेदेखि ७ः१५ वजेसम्म ब्ल्याक आउट गर्ने निर्णय भएको उनले जानकारी दिए । पार्टीले त्यसका लागि नेताहरुको जिम्मवारी बाँडफाँड गरेको छ । २७ जिल्लाका लागि ४२ जनालाई खटाइएको छ ।
त्यस्तै, लोक दलका अध्यक्ष कौशल कुमार सिंहले पनि विभिन्न जिल्लामा विरोधका कार्यक्रम आयोजना गर्नुको साथै ७ः१५ वजे ब्ल्याक आउट गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले मधेशी, आदिवासी जनजाति पिछडा वर्गका लागि असोज ३ सबभन्दा कहाली लाग्दो दिन हो त्यसैले यसलाई विरोध गर्नुपर्ने बताए । त्यसैगरी डा.बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले असोज ३ गते हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ ।
न दिवसमा सहभागी हुने, न विरोधका कार्यक्रम गर्ने निर्णय गरेको सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख प्रशान्त सिंहले जानकारी दिए । त्यो दिन समाजवादी पार्टीले सात वटै प्रदेशको राजधानीमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण