सिद्धार्थ बैंकका शेयरधनीलाई २५.२६ प्रतिशतको आकर्षक लाभांश प्रस्ताव
मङ्गलबार, ३१ भदौ २०७६, १६ : ३३
काठमाडौं– सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
मिति २०७६/५/३० मा बसेको सञ्चालक समितिको ३२३औं बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत) गरी कुल २५.२६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हालको चुक्ता पूँजी ८ अर्व ८८ करोड ७६ लाख ४ हजार ५ सय ४० मा १० प्रतिशत बराबरको ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण