शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लागुऔषधसहित ३ जना पक्राउ

बुधबार, ०१ असोज २०७६, १५ : १४
बुधबार, ०१ असोज २०७६

काठमाडौं– छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारबिक्रम थापाका अनुसार  बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसबाट झापा बिर्तामोड ६ घर भएका शंकर राजवंशीलाई लागूऔषध खैरो हेरोईन ३०.९० ग्रामसहित पक्राउ गरिएको हो ।

त्यस्तै धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसबाट सुनसरी धरान उपमहानगरपालिका वडा नं. ७ का २६ वर्षीय आशिष श्रेष्ठलाई लागुऔषध डाइजेल्याब –९ एम्पल, लुपिजेसिक–९ एम्पल र फेनिरामाईन–९ एम्पल गरी २७ एम्पल र  ५ थान सिरिन्जसहित नियन्त्रणमा लिएको समेत उनले जानकारी दिए ।

आषिश श्रेष्ठले ल्याएको लागूऔषध सुनसरीस्थित धरान उपमहानगरपालीका–१५ का प्रकाश तामाङले मगाएको देखिएको पनि प्रहरीको दाबी छ । नागढुंगामा पक्राउ परेका आषिशलाई साथमा लिएर प्रहरीले तामाङको खोजतलास गरेको थियो । सोही आधारमा प्रहरीले तामाङलाई कलंकीमा श्रेष्ठलाई कुरिरहेको अवस्थामा पक्राउ गरेको थियो । 

पक्राउ परेका तिनैजना विरूद्व लागु औषध ऐनमा म्याद थप गरि अनुसन्धान सुरू गरिएको थानकोट प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप