कामना सेवा र बिओके क्यापिटल बीच सम्झौता
बिहीबार, ०२ असोज २०७६, १९ : ०३
काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बीचमा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण