थाइल्याण्डमा बाढीका कारण २० हजार फसे
बैङ्कक थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा फसेको जनाएको छ । विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० हजार ६२० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरूमा फसेका छन् ।
विभागका महानिर्देशक चायाफोल थितिसकले बाढी पहिरोबाट ३२ प्रदेश प्रभावित भएको पत्रकार सम्मेलनमा जानकारी दिए । ती प्रदेशहरूमा ‘पोडुल’ र ‘काजिकी’ नामक आँधीले दक्षिण पश्चिम क्षेत्रमा बर्षा पारेको उनले बताए ।
गत अगस्त २९ देखि अहिलेसम्मको यो प्राकृतिक प्रकोपका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको पनि उनले जानकारी दिए । महानिर्देशक थितिसकले बाढी, पहिरो, अत्यधिक बर्षालगायतले उत्पन्न गरेको समस्याबाट देशभरका १८२ जिल्ला र ७१ सय १५ गाउँहरू प्रभावित भएको बताए । उनीहरू प्राय उत्तरपूर्वी, उत्तरी र पूर्वी क्षेत्रका रहेका छन् ।
“यो आँधी र बर्षाले ४ लाख १८ हजार ५ सय ४९ घरहरू प्रभावित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ र अरु कैयौँ घाइते भएका छन्,” उनले भने । बाढी, पहिरो, बर्षा लगायतका प्रकोपबाट प्रभावितहरूलाई खोजी तथा उद्धार र सहयोगका लागि सरकारी सेना र स्थानीय अधिकारी तथा स्वयमसेवकहरूलाई परिचालन गरिएको उनको भनाइ छ ।
बाढीका कारण फसेका २० हजार ६ सय २० जना यसोथोन, उबोन रात्चाथानी, रोइ इत र सिसा केटलगायतका प्रान्तहरूमा फसेका हुन् । राज्यका निकायहरूले बाढी पीडितहरूलाई सघाइरहेका छन्, उनीहरूले फसेकाहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन् ।
बाढीका कारण डुवान परेको क्षेत्रमा पानी थाल्ने पम्पहरू पनि जडान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । बाढीका कारण फसेकाहरूलाई खाना, पिउने पानी लगायतका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको उनीहरूको बताएका छन् । -सिन्ह्वा/Photo: IC/china daily
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण