पशुपतिमा राष्ट्र कल्याणको सङ्कल्पका साथ विशेष पूजा
शुक्रबार, ०३ असोज २०७६, १७ : १२
काठमाडौं– संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
यस अवसरमा कोषले बिहीबार बेलुकी पशुपति मन्दिर परिसरमा भक्ति सङ्गीत कार्यक्रम आयोजना गर्नुका साथै दीपावली समेत गरेको थियो । कार्यक्रममा कोषका सदस्य–सचिव डा.प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कर्मचारी सहभागी भएका थिए । यस अवसरमा शुक्रबार र शनिबार पनि पशुपति क्षेत्रमा दीपावली गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण