४० जनालाई काँग्रेस प्रवेश गराउँदै सिटौला भने : नेतृत्वले सबैलाई साथ लिएर हिँड्न सक्नुपर्छ
बिर्तामोड - नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन् । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताए ।
“सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ”, उनले भने, “यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो ।”
सरकार संविधानको भावना अनुरुप चल्न नसकेपछि जनस्तरमा असन्तुष्टि बढ्दै गएको उनको आरोप थियो ।
“वर्तमान सरकार संविधानको मर्म र भावना अनुरुप चल्न सकेको छैन”, नेता सिटौलाले भने, “सरकार संविधानको बाटोमा नभई कम्युनिष्ट पथमा हिँड्न खोजेको छ ।”
नेता सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म संविधानअनुसार जनताका पक्षमा काम नहुने उल्लेख गरे । उनले काङ्ग्रेस पार्टीभित्र पनि नेताहरुले आ–आफ्ना कमजोरी सच्याएर जनताको भावना समेट्नुपर्नेमा जोड दिए । उनले भने, “पार्टी सङ्गठन आन्तरिक मामिलाबाट अघि बढ्नुपर्छ र नेतृत्वले पनि सबैलाई साथ लिएर हिँड्न सक्नुपर्छ ।”
युवा नेता डा. सुशील शर्मालाई सम्मान गरिएको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४० जनाभन्दा बढी काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेसका स्थानीय नेता मदन गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण