शिक्षा नीतिमा परिमार्जन गर्न लागिएको छ: मन्त्री पोखरेल
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा हुने अनावश्यक राजनीतिलाई निरुत्साहित गर्न शिक्षा नीतिमा परिमार्जन गर्न लागिएको बताएका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित जनता माविमा आयोजित प्राविधिकधार कृषि बाल विज्ञान शिक्षाको उद्घाटन गर्दै उहाँले शिक्षामा राजनीति गर्नेलाई सरकारले अब छुट नदिने बताए ।
विद्यालय जागिर खाने नभई राष्ट्र निर्माण गर्ने थलो भएको भन्दै मन्त्री पोखरेलले शिक्षकलाई राजनीति नगर्न आग्रह गरे । शिक्षालाई श्रमसँग र प्रविधिलाई सीपसँग जोड्नुपर्ने उल्लेख गर्दै उनले सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्ने बताए ।
सरकारले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक शिक्षक उत्पादनतर्फ ध्यान केन्द्रित गरिरहेको उनको भनाइ थियो । मौलिक हकका रूपमा संविधानभित्रै समेटिएकाले अनिवार्य र वैज्ञानिक शिक्षाको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री पोखरेलले बताउनुभयो । बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले गाउँपालिकामा प्राविधिक शिक्षाको प्रारम्भ हुनु स्वागतयोग्य भएको बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण