समृद्ध नेपाल निर्माण गर्न भ्रष्टचार बाधक : मन्त्री यादव
सिरहा–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार बाधक रहेको बताएका छन् ।
सिरहाको गोलबजारमा भएको कार्यक्रममा मन्त्री यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार विराधी आन्दोलन चलाउनुपर्ने बेला भएकाले यसका विरुद्ध नागरिक र युवा समाजले आन्दोलन गर्नुपर्ने वेला भएको दावी गरे ।
‘नेपालमा भ्रष्टाचारको जरा यति गडियो की त्यसलाई उखेल्न आन्दोलनकै आवश्यक छ’उनले भने, ‘ युवा, नागरिक समाज भ्रष्टाचार विरोधी आन्दोलन चलाउनुस्, म पनि त्यो आन्दोलनमा सहभागी हुन्छु ।’
सोही क्रममा मन्त्री यादवले आफूलाई मिडियाले भ्रष्टचारीको विल्ला भिराएको भन्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्टिकरण दिए । ‘उहाँहरुले मेरो बद्नाम गर्ने नियतले भ्रष्टाचार गरेको अफवाह फैलाएको हो, त्यसमा कुनै सत्यता छैन’, मन्त्री यादवको दावी गरे ।
मन्त्री यादवले अरुको देशबाट सामान ल्याएर बेचेरमात्र मुलुक समृद्ध नबन्ने भन्दै आफ्नै देशमा सामान उत्पादन गरेमात्र मुलुक समृद्ध बन्ने बताए ।
कार्यक्रममा नेकपाका नेता लिलानाथ श्रेष्ठले गोलबजारलाई औद्योगीक करिडोरको रुपमा विकास गर्न सरकारसँग माग गरे ।
उनले सिरहाको गोलबजार सवै हिसावले औधोगिक विकास गर्न सकिने स्थान भएकोले केन्द्रीय सरकारको नीति तथा योजनामा गोलबजारलाई औधोगिक करिडोर निर्माण गर्ने कार्ययोजना राख्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण