‘हेल्लो गजलबार’मा गुञ्जिइन् मिलन
काठमाडौं – चर्चित गायिका मिलन अमात्य आइतबार साँझ बागबजारस्थित ‘हेल्लो गजलबार’मा गुञ्जिइन् । रात छिपिँदै जाँदा स्टेज चढेकी मिलनले सुरुमै आफ्नो चर्चित गीत ‘जहिलेसम्म जुनतारा...’ र ‘गाला रातै...’ गाएर गजलको माहोल तताइन् ।
हेल्लो गजल बार आइतबारबाट औपचारिक उद्घाटन भएको हो । मिलन र मोडल तथा अभिनेत्री विपना थापाले रिवन काटेर गजलबारको उद्घाटन गरेका थिए ।
रुल्ज गुरुङ, सरिता लिम्बू र नविना तामाङले सञ्चालन ल्याएको हेल्लो गजलबारको औपचारिक उद्घाटनपछि गायिका मिलनले आफ्नो प्रस्तुती दिएकी हुन् । चर्चित मोडल र गायिकाबाट आफ्नो गजल बारको उद्घाटन गर्न पाउँदा सञ्चालनहरु पनि खुसी देखिए ।
‘आज नेपाली गीतसंगीतकी चर्चित गायिका मिलन र मोडल विपनाले हेल्लो गजलबारको उद्घाटन गरेका छन् । यसमा एकदमै खुसी छु ’सञ्चालकमध्ये रुल्जले भने, अब हरेक दिन हामी ग्राहकलाई यस्तै चर्चित कलाकारबाट सेवा दिनेछौं ।’
गायिका मिलन र मोडल विपनाले पनि एक उत्कृष्ट गजलबारको उद्घाटन गर्न पाउँदा खुसी व्यक्त गरे । कार्यक्रममा मिलनले चर्चित हिन्दी गजलहरु पनि गाइन् ।
हेल्लो गजलबार आधुनिक तथा सुविधा सम्पन्न गजलबार हो । गजलबारका सञ्चालकका अनुसार हरेकदिन ग्राहकको मागअनुसार गुणास्तरिय खानासँगै ख्यातीप्राप्त कलाकारहरुद्वारा ग्राहकलाई मनोरञ्जन प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण