नेपालमा पनि मृत्युदण्डको सजाय दिनुपर्ने होकि भन्ने लाग्न थालेको छ: माधव नेपाल
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्यदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकमा क्रूर दानवीय प्रवृत्ति बढदै गएको देख्दा मृत्यदण्डको सजायको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्ने गरेको बताएका हुन् ।
उनले महिला हिंसा, हत्या, बलात्कारको घटना अन्त्यन्तै क्रूर ढंगले बढदै गएकाले त्यसलाई नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले गल्ती गर्नेमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे ।
वरिष्ठ नेता नेपालले गल्तीे गर्नेमाथि कार्वाही भएमात्रै राम्रो काम गर्नेले प्रोत्साहन पाउनेतर्फ पनि सरकारलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण