उत्कृष्ट अवार्ड लिन पुगेनन् विपिन र स्वस्तिमा
काठमाडौं– पछिल्लो समय नेपालमा अवार्डको गरिमा गिर्दाेछ । सायद, त्यसैले पनि होला अवार्ड समारोहमा कलाकारको सहभागिता न्युन हुने गर्दछ । त्यति मात्र कहाँ हो र ? उत्कृष्ट अवार्ड पाउने कलाकार समेत कार्यक्रममा सहभागी हुन छाडेका छन् ।
यसको जल्दोबल्दो उदाहरण हालै सम्पन्न ‘टुबोर्ग इमेज अवार्ड’ को २१ औं संस्करणलाई लिन सकिन्छ । शनिबार होटल सोल्टी क्राउनमा आयोजित अवार्ड समारोहमा उत्कृष्ट पुरस्कार पाउने अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का दुबै अनुपस्थित थिए ।
समारोहमा फिल्म ‘गोपी’ बाट विपिन सर्वोत्कृष्ट अभिनेता घोषित हुँदा स्वस्तिमा ‘बुलबुल’ अभिनयबाट सर्वोत्कृष्ट ठहरिएकी थिइन् । स्वस्तिमा होलिडे मनाउन म्यानमार र विपिन फिल्म ‘सेल्फी किङ’ को छायाँकनका लागि सोलुखुम्बुमा रहेकोले पनि सहभागी हुन नसकेका होलान् । तर कार्यक्रममा दुबै अनुपस्थित हुँदा आयोजक मात्र होइन, दर्शकले पनि निकै खल्लो महसुस गरे ।
अभिनेत्री स्वस्तिमाले विदेश भएपनि ‘इमेज अवार्ड’ मा उत्कृष्ट भएको खुसी सामाजिक सञ्जालमार्फत सेयर गरेकी छन् । विपिनले भने केही प्रतिक्रिया जनाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण