कतार एयरवेज र चाइना साउदर्न् एयरलाइनबीच कोड शेयर सम्झौता
सोमबार, ०६ असोज २०७६, १५ : ४५
दोहा– कतार एयरवेजले चाइना साउदर्न् एयरलाइनसँग जनवरी २०२० देखि सुरु हुने गरी कोडशेयर सम्झौता गरेको छ ।
यी दुई एयरलाइनबीचको सहकारितालाई अझ मजबुत बनाउन चालिएको यो पहिलो कदम हो । कतार एयरवेजले गत डिसेम्बर २०१८ मा चाइना साउदर्न् एयरलाइनको ५ प्रतिशत शेयर खरिद गरेको थियो ।
यस सम्झौता पश्चात् अब चाइना साउदर्न् एयरलाइनका यात्रुहरुले ग्वाङ्जाओदेखि दोहा र दोहादेखि बेइजिङसम्मको कतार एयरवेजको उडानको बुकिङ गर्न सक्नेछन् । कतार एयरवेजले २००३ मा पहिलो पटक दोहादेखि शङ्घाईसम्मको उडानको सुरुवातबाट चाइनाको उडान सेवा गरेको थियो ।
हाल कतार एयरवेजले शङ्घाई, बेइजिङ, ग्वाङ्जाओ, हाङ्जाओ, चोङ्किङ, चेङ्डु र हङकङ गरी ४५ साप्ताहिक उडान सञ्चालन गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण