अमेरिकालाई साथ दिएर ठूलो गल्ती भयोः इमरान खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानले ९÷११ हमलापछि अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको पछिल्लो सरकारले आफूले पूरा गर्नै नसक्ने बचन दिन नहुने इमरानले बताएका छन् ।
सोमबार आयोजित काउन्सिल अफ फरेन रिलेसन्स(सिएफआर) मा उनले भनेका छन्, ‘अन्तरराष्ट्रिय समुदायले कम्तीमा भारतलाई कर्फ्यू हटाउन आग्रह गरुन् भन्ने झिनो अपेक्षा राखेको छु ।’
पूर्व अमेरिकी रक्षा सचिव जेम्स म्याटिसले आफूले जति पनि देश चिनेका छन् तीमध्ये पाकिस्तान सबैभन्दा खतरनाक लाग्ने बताएका थिए ।
यसबारे सोध्दा इमरानले भने, ‘मलाई लाग्दैन कि म्याटिसलाई पाकिस्तान कट्टरपन्थी किन बन्यो भनेर थाहा छ ।’
खानले पाकिस्तानले ११ सेप्टेम्बर सन् २००१ मा अमेरिकामा अलकायदाको हमलापछि चरमपन्थ विरुद्धको युद्धमा अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण