मेगा बैंकले आइडिया स्टूडियोसँग मिलेर नयाँ व्यवसाय प्रबर्धन गर्ने
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टूडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रबर्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
युवाहरुमा रहेको व्यावसायिक सोचलाई उद्यमशिलतासँग जोडेर उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले मेगा बैंक र आइडिया स्टूडियोबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा मेगा बैंकका सिइओ अनुपमा खुञ्जेली र आइडिया स्टूडियो नेपालका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गर्नुभयो । यस सम्झौताले व्यवसाय गरिरहेका तथा नयाँ सोचका साथ व्यवसाय गर्न इच्छुक युवा एवं महिला उद्यमीहरु लाभान्वित हुने विश्वास गरिएको छ ।
यसका साथै साना मझौला व्यवसाय गरिरहेका तथा गर्न इच्छुक महिला उद्यमीहरुको व्यवसाय प्रबर्धन गर्न मेगा बैंकले सहुलियत कर्जामा बैंकिङ सुविधा प्रदान गर्ने भएको छ ।
बैंकको नीति अनुसार धितो वा धितो बिना पनि कर्जा प्रवाह गरिने सम्झौता पत्रमा उल्लेख छ । यसैगरी, आइडिया स्टूडियो नेपालले नयाँ सोच भएका युवा तथा महिलाहरुलाई बैंकिङ पहुँच पुर्याउन मद्दत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण