यस्ता छन् नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको ६ बुँदे समझदारी

काठमाडौँ– नेपाल कम्युनिस्ट नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार ६ बुँदे समझदारी भएको हो ।
सम्झौतामा आगामी पाँच वर्ष उच्चस्तरीय सहकार्य गर्ने उल्लेख गरिएको छ । त्यस्तै उच्चस्तरका राजनैतिक भ्रमणहरु गर्ने तथा वैचारिक राजनीतिक छलफललाई तीब्र बनाउने समझदारीमा उल्लेख छ ।
नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एकअर्का देशका विकासका मोडलहरुलाई आदान प्रदान गर्ने लगायतका विषय समझदारी पत्रमा समावेश गरिएको छ ।
यस्ता छन् समझदारीका ६ बुँदा
१.उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३. पार्टी पार्टी अनुभव आधारित सहयोग आदान प्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान प्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता