सन् २०३० सम्ममा नेपाललाई कम आयबाट मध्यम आम्दानी हुने देशमा स्तरोन्नति गरिने
अस्ताना- सभामुख कृष्णबहादुर महराले सन् २०३० सम्ममा नेपालले कम आयबाट मध्यम आम्दानी हुने देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेको बताएका छन् । यूरेशियाली देशका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गदै सभामुख महराले सो कुरा बताएका हुन् । ग्रेटर यूरेशियाः संवाद, भरोसा, साझेदारीको मूल नाराका साथ कजाखस्तानको अस्तानामा शुरु भएको बैठकमा आज सभामुख महराले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका थिए ।
नेपाल समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणासहित अघि बढेको बताउँदै सभामुख महराले भने, नेपालले बजारमा आधारित अर्थतन्त्रको विकास गर्न, समष्टि–अर्थतन्त्रलाई स्थिरता दिन र सामाजिक–आर्थिक विकासको गति बढाउन अनुकूल राजनीतिक वातावरण सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ ।’
अहिलेको विश्व अर्थव्यवस्थामा सबै विश्वव्यापी रुपमा एक अर्कासँग जोडिएको बताउँदै सभामुख महराले कोही पनि अलग रहन नसक्ने बताए । उनले भने, यूरोप र एशियाका देशहरूबीचको सहकार्यले विश्वलाई शान्ति, दिगोपन र आर्थिक विकासतर्फ पु¥याउने छ । ग्रेटर युरेशियाको दर्शन फराकिलो, दूरदर्शी र महत्वपूर्ण छ ।’
ग्रेटर यूरेशियाः संवाद, भरोसा र साझेदारी’ विषयवस्तुमाथिको छलफलले युरेशियन देशहरुमा शान्ति, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न सहयोग पु¥याउने बताउँदै सभामुख महराले भने, समग्र युरेशियाले विश्वको ६५ प्रतिशत जनसंख्या, ७५ प्रतिशत ऊर्जा स्रोत र ४० प्रतिशत विश्वव्यापी जीडीपीको प्रतिनिधित्व गर्दछ ।’ दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन, गरिबी न्यूनीकरण, वातावरण संरक्षण एवं समावेशी लोकतन्त्र प्रवद्र्धन गर्ने सबैको साझा एजेण्डा भएको बताउँदै सभामुख महराले ती साझा लक्ष्यहरू प्राप्त गर्नका लागि नियमित वार्तालाप जरुरी रहेकोमा जोड दिए ।
सभामुख महरा र कजाखस्तानका प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता सभामुख कृष्णबहादुर महरा र कजाखस्तानका प्रधानमन्त्री अस्कर मामिनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, पारस्परिक सहयोग, व्यापार र लगानीलाई अभिवृद्धि गर्ने लगायतका बारेमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण