युवतीलाई ‘प्रेम गर्दै’ बन्धक बनाएर अश्लील भिडियो
रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई रामै्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्।
हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक बनाएर सँगै अश्लील चित्र खिच्न थाले।
अभियुक्त गोलेलाई प्रहरीले पक्राउ गरेको छ। निजका दुई श्रीमती छन् भने अन्य युवतीलाई पनि यौनशोषण गरेको र विभिन्न क्षेत्रका व्यक्तिलाई ठगी गरेको उजुरी प्रहरीकोमा दर्ता छ।
गत भदौ ६ गते पाँचखालस्थित घरबाट हराएकी युवती १४ गतेदेखि परिवारसँग सम्पर्कमा थिइनन्। १७ गते अपरिचित व्यक्तिले युवतीका बाबुआमालाई फोन गरी दुई लाख भए छोरी छुट्ने भन्दै धम्क्याउन थाल्यो।
परिवारले १८ गते प्रहरीकोमा जाहेरी दिए। प्रहरीले मोबाइल ट्रेसका आधारमा गोलेलाई पक्राउ गर्यो। गोले पक्राउ परेको दुई दिनपछि मात्रै बेपत्ता बनाइएकी युवतीलाई प्रहरीले फेला पारेको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण