ट्रम्पले भने, ‘मोदी, फादर अफ इन्डिया’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि उनलाई ‘फादर अफ इन्डिया’ बताएका छन् ।
दुई नेताबीच मंगलबार न्यूयोर्कमा औपचारिक भेट भयो । त्यसपछि पत्रकारसँगको एक संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपतिले भने, ‘मलाई याद छ कि भारत (मोदी आउनु अघि) पहिला कस्तो थियो, त्यहाँ फुट थियो, मारामार थियो, उनले सबैलाई एक गरे । जसरी एक पिताले गर्छन् । उनी सायद फादर अफ इन्डिया हुन् । हामी उनलाई फादर अफ इन्डिया भन्छौं ।’

Photo: AFP GETTY
राष्ट्रपति ट्रम्पले नरेन्द्र मोदीका लागि उनको मनमा अत्यधिक सम्मान भएको र आफूलाई उनी निकै मनपर्ने बताएका छन् ।
ट्रम्पले चरमपन्थको विषयमा नरेन्द्र मोदीले पाकिस्तानलाई स्पष्ट शब्दमा सन्देश दिइसकेको र मोदी यससँग सम्बन्धित स्थितीलाई सम्हाल्न सक्षम भएको बताएका छन् ।
ट्रम्पले भने, ‘मलाई यस्तो लाग्छ कि दुबै सज्जन (मोदी र इमरान) मिल्नेछन् र केही न केही हल निकाल्नेछन् । दुबै मिलेपछि त केही राम्रो निष्कर्ष पक्कै पनि निस्कनेछ ।’

Photo: EPA
ट्रम्पले ह्युस्टनमा भएको कार्यक्रमको पनि कुरा निकाले । उनले उक्त कार्यक्रममा नरेन्द्र मोदीलाई देखेर मानिसहरु निकै उत्साहित भएको बताए ।
ट्रम्पले भने, ‘उनी यी सज्जनलाई निकै प्रेम गर्छन् । मानिसहरु पागलजस्तै भएका थिए । नरेन्द्र मोदी अमेरिकी रकस्टार एल्वि प्रेस्लीजस्ता छन्् । यस्तो लागेको थियो कि एल्विस फिर्ता भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण