रोनाल्डोबिनै युभेन्ट्स विजयी
एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोबिनानै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युभेन्टसले ब्रेसियालाई उसैको मैदानमा २–१ गोलले हरायो । सुरुवातमा पछि परेको युभेन्ट्सले पुनरागमन गर्दै जित निकालेको हो । यसमा युभेन्ट्सले ब्रेसियाबाट एक आत्मघाती गोल उपहार पाएको थियो ।
खेलको चौथो मिनेटमै ब्रेसियाका अल्फ्रेडो डोनाररुम्माले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ४० औँ मिनेटमा ब्रसियाकै जोन चान्सेलरले आत्मघाती गोल गरेपछि युभेन्ट्स खेलमा फर्किएको थियो । मिरालेम पजानिकले ६३औँ मिनेटमा गोलगर्दै युभेन्ट्सलाई जिताएका थिए । रोनाल्डो मांशपेशीको चोटका कारण यस खेलमा उपस्थित भएनन् ।
जीतसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले पाँच खेलबाट १३ अंक बनाएको छ । ब्रेसिया ६ अंकसहित ११ औँ स्थानमा छ । मंगलबार रातिनै भएको अर्को खेलमा उडिनेजे र भेरोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण