झापामा खोलाले बगाएर एकजना बेपत्ता
बुधबार, ०८ असोज २०७६, १६ : १८
झापा– झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्की खोलाले बगाउँदा बेपत्ता भएका छन् । आज १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
गत साउनमा हडिया खोलाले नै बगाएर बेपत्ता बनाएका मेचीनगर–१४ का सुफल हस्दासमेत अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण