झापामा खोलाले बगाएर एकजना बेपत्ता
बुधबार, ०८ असोज २०७६, १६ : १८
झापा– झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्की खोलाले बगाउँदा बेपत्ता भएका छन् । आज १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
गत साउनमा हडिया खोलाले नै बगाएर बेपत्ता बनाएका मेचीनगर–१४ का सुफल हस्दासमेत अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा
-
प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन
-
‘महाभोज’ हेरेपछि सेलिब्रेटीहरूले के भने ?
-
महोत्तरीमा घट्दै ट्राफिक कारबाही