सुजुकीले नक्सालमा खोल्यो ३७औं आउटलेट, सम्पूर्ण सेवा एकै छानामुनी
काठमाडौं– सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्ग्स तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडौंको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ ।
उक्त शोरुमको शुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो तथा सिजी होल्डिङ्गसका अध्यक्ष्। तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरे ।
हालै सञ्चालनमा ल्याइएको शोरुम ४,५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । यस शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ एसिया, एक्स्चेञ्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ ।
अन्तर्राष्ट्रिय सुजुकी ब्राण्डको निर्देशन अनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवत जावत गर्न अवलोकन गर्न सकिन्छ । यस शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरु एसक्रस, कियाज्, एर्टिगा तथा एक्सएल६ उपलब्ध छन् ।
कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रुपमा लिँदै आएको सिजी मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्स सम्बन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास व्यक्त गरे ।
सिजी मोटोकर्पका बिजनेश शाखा प्रमुख सिरज पन्तले भने, “ग्राहक एवं कम्पनी बीचको सम्बन्धलाई अझै मजबुत बनाउने उद्देश्य सहित शुभारम्भ गरिएएको यो सुजुकीको ३७औं आउटलेट हो । यहाँबाट सेल्स, सर्भिस र स्पेयरपार्ट सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवा प्रदान गर्नेछ ।”
नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी सर्टिफाईड पार्टस् आउटलेटहरु रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण