बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सानैमा बिहेले यसरी टुक्रिन्छ जीवन

बिहीबार, ०९ असोज २०७६, ०६ : २५
बिहीबार, ०९ असोज २०७६

कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ । आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ । 

कलिलैमा गरिने विवाहका कारण धेरै परिवार टुक्रिएका छन् । सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ । 
कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने क्रम बढेको सरकारी तथ्यांकले देखाएको छ । 

उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ । अधिकांश बालबालिकाले बीचैमा विद्यालय छाड्ने गरेका छन् । बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं खर्च भइरहेको छ । तैपनि, बालविवाह रोकिएको छैन । 

बालविवाह न्यूनीकरणका लागि थालिएका अभियान प्रभावकारी नहुँदा यहाँका किशोरी बढी पीडित छन् । उमेर नपुग्दै गर्भवती हुने र बच्च जन्माउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन् । पढ्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन् । आर्थिक अभाव देखाउँदै कतिपय अभिभावकले नै उमेर नपुग्दै सन्तानको बिहे गरिदिन्छन् । यो समाचार अन्नपूर्ण पोष्ट्मा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप