चिनियाँ टोली फर्केसँगै बढ्यो अमेरिकी राजदूतको सक्रियता
काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता भएलगत्तै नेपालका लागि अमेरिकी राजदूतको सक्रियता बढेको छ । बिहीबारमात्रै नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले सत्तारुढ दलका नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्ष दलका नेता तथा काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका हुन् ।
विहीवार बिहान देउवा निवास बुढानिलकण्ठमा काँग्रेस सभापति देउवासँगको भेटवार्तामा राजदूत बेरीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, नेपाल अमेरिका सम्बन्ध लगायतका विषयमा कुराकानी भएको सभापति देउवाले जनाएका छन् ।
राजदूतसँगको भेटवार्ताको फोटो सामाजिक सञ्जालमा राख्दै सभापति देउवाले भेटमा नेपाल–अमेरिका सम्वन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भएको जनाएका छन् ।
त्यस्तै बिहिबारै राजदूत बेरी र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपालसँगको भेटमा नेपाल–अमेरिका सम्बन्धसँगै विकसित पछिल्ला राजनीतिक घटनाक्रम, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावना तथा दुई देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।
सत्तारुढ दल नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सोङ ताओको टोली नेपाल भ्रमण सकेर मंगलबारमात्रै स्वदेश फर्केको थियो । ताओको उपस्थितिमा नेपालमा भएको ‘सी विचारधारा’माथि नेकपाले छलफल नै चलाएको थियो । यो विषयलाई नेपाली काँग्रेसले असन्तुष्टि जनाउदै आएको छ ।
नेपालमा चिनियाँहरुको बाक्लो उपस्थिति र ओहोरदोहोरलाई नियालिरहेको अमेरिकाले चिनियाँ नेतृत्व फर्केलगत्तै राजदूतले राजनीतिक भेटघाट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण