मन्त्री ज्ञवालीद्वारा नर्वे र भेनेज्वेलाका मन्त्रीसँग भेटवार्ता
बिहीबार, ०९ असोज २०७६, २० : ४०
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नर्वेका अन्तर्राष्ट्रिय विकास मामिलामन्त्री डाग इन्डे उल्स्टेन र भेनेज्वेलाका विदेशमन्त्री होर्गे अल्वेर्टो अरेजा मोन्टसेराटसँग बुधबार अपराह्न बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
नर्वेली मन्त्रीसँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श हुनका साथै पारस्परिक सहयोग अभिवृद्धिबारे छलफल भएको थियो ।
नेपालमा नर्वेली लगानी आकर्षित गर्ने तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा साझेदारी गर्नेबारेमा पनि दुवै देशका मन्त्रीबीच विचार आदानप्रदान भएको थियो । उनीहरूले जलवायु परिवर्तनसहित साझा चासोका अन्य अन्तर्राष्ट्रिय विषयमा पनि कुराकानी गरेका थिए ।
यसैगरी भेनेज्वेलाका विदेशमन्त्रीसँगको भेट आपसी चासोका विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण