मध्यरातमा ४५ सडक बालबालिकाको उद्धार
शुक्रबार, १० असोज २०७६, ०७ : १२
काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ४५ सडक बालबालिकाको उद्धार गरिएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बुधबार राति ४५ बालबालिकाको उद्धार गरेको हो।
बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले राजधानीमा फैलिरहेको डेंगु र स्क्रब टाइफस रोगको जोखिममा सडक बालबालिका नपरून् भन्ने हेतुले उनीहरूको उद्धार गरिएको जानकारी दिए।
‘सडक बालबालिकाको उद्धार नियमित काम नै हो तर अहिले डेंगु र स्क्रब टाइफसजस्ता रोगहरूको जोखिम छ’, उनले भने– ‘सडक, गल्ली, फोहोर र खोलाका किनारमा बस्ने सडक बालबालिका झन् जोखिम हुने भएकाले उद्धार गरिएको हो।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण