१० लाख मान्छे एक वर्षसम्म जिम्मेवारविहिन बस्नुले क्षति भयो: अध्यक्ष प्रचण्ड
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख नेतृत्वको साहसिक निर्णयले गर्दा देशको राजनीतिक रंग असाधारण ढंगले बदलिएको बताएका छन् । सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘असोज १७ गते अब पार्टी नै एउटै बनाउने भनेर चुनाव लड्ने घोषणा गर्नुभन्दा अगाडि देशको राजनीति यसरी जाला, कम्युनिष्ट पार्टी यति लोकप्रिय मतसहित देशको शक्तिशाली नेताको रुपमा आउला भनेर देशभित्रका र बाहिरका मानिसहरुले सोचेका थिएनन् ।’
अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले उक्त कुरा सोच्न पनि नभ्याएको उल्लेख गरे ।
‘बुर्जुवा प्रतिक्रियावादीहरुले त कल्पना समेत गरेका थिएनन्, ’ उनले भने, ‘कम्युनिष्ट आन्दोलन संसारमा स्थापना भएदेखि यहाँसम्म थुप्रै क्रान्तिका प्रक्रिया हुँदै असाधारण एकता प्रक्रियामार्फत राज्यको नेतृत्व गर्ने र विश्वलाई नै एउटा उदाहरण प्रस्तुत गर्लान् भनेर मान्छेले सोचेका थिएनन् ।’ नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनले धेरै ठूलो त्याग र तपस्यापछि आजको यो स्थिति कायम उनको भनाई थियो ।
उनले पार्टी एकताका कामहरु टुंगोमा पुर्याउन आफूहरु ढिलो भएको भन्दै १० लाख मान्छेहरु एक वर्षसम्म जिम्मेवारविहिन बस्नुले पार्टीलाई क्षति पुगेको पनि बताए । उनले भने, ‘एक वर्ष निष्कृय बस्ने भनेको निकै ठूलो क्षति हो, जुन हामीलाई भइसकेको छ । हामीले करिब करिब हात्ति चैं छिराइसकेका छौं, पुच्छर मात्र बाँकी छ, सजिलै छिर्छ ।’
त्यसैगरी अध्यक्ष प्रचण्डले दोलखाको जिरी नगरपालिकाको भवन समुद्घाटन कार्यक्रमलाई आज दिउँसो सम्बोधन गर्दै जिरीको विकासमा ध्यान नपुगेको आफू दोलखा पुगेपछि महसुस भएको बताए । नेपाल बहुजातिय, बहुभाषिक, बहुसंस्कृतिक देश भएको भन्दै जिरीमा भएका बहुसांस्कृतिक विषयले नयाँ सन्देश दिएको उनको भनाई थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण