क्यानको निर्वाचन सुरु
शुक्रबार, १० असोज २०७६, १९ : ०२

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभा सुक्रबार देखि सुरु भएको छ । राजधानीको मेरियट्स होटलमा आयोजित दुई दिने साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरे । साधारणसभाको बन्द शत्र अपरान्ह ४ः०० बजेदेखि सुरु भएको छ । निर्वाचन भने शनिबार हुनेछ ।
क्यान र्विाचनका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रतिनिधि पनि नेपाल आएका छन् । नयाँ नेतृत्वका लागि पूर्व अध्यक्ष विनयराज पाण्डे र निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्द मैदानमा छन् । १७ सदस्यीय कार्यसमितिका लागि जिल्लाका ३५ र प्रदेशबाट २० गरी ५९ प्रतिनिधिले मतदान गर्नेछन् । यस निर्वाचन पछि आईसीसीले तीन बर्षदेखि नेपाली क्रिकेटका लगाएको निलम्बन खुल्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय
-
कृजलको अलराउन्ड प्रदर्शनमा अपीले एलआरआईलाई सजिलै हरायो
-
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)
-
संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त हुँदैन : सांसद मिजार
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति