बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बाबुरामले भने : चाकरी गरेर एक–दुई जना सत्तामा पुगेर केही हुन्न्

शुक्रबार, १० असोज २०७६, १९ : ३५
शुक्रबार, १० असोज २०७६

पोखरा–समाजवादी पार्टीले शुक्रबार पोखरामा तमुवान राष्ट्रिय समिति घोषणा गरेको छ । तमुवान समिति घोषणा गर्न पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुगेका थिए । तत्कालीन माओवादीबाट छुट्टिएयता जातिय मुद्धामा बहस चलाउँदै आएका भट्टराईले समिति घोषणा गरेसँगै अधिकार मागेर हैन लडेर लिनुपर्ने तर्क राखे । भट्टराईले आफू जनजाति नभए पनि जनजाति मुद्दामा निरन्तर आवाज उठाइरहेको स्मरण गरे ।

अरु बेलाजस्तो सरकारको कडा आलोचना नगरे पनि राज्यले सोझा जनता झुक्याईंरहेको भने भन्न भ्याए । ‘उत्पीडित सँधै उत्पीडित नै रहे,’ उनले भने, ‘टाठाबाठा भनाउँदाले जनता झुक्याईंरहे ।’  अध्यक्ष भट्टराईले पहिचानको पक्षमा आफ्नो पार्टीले सँधै आवाज उठाउने स्मरण गराउँदै गण्डकी प्रदेशलाई तमुवान भन्दा कुन आकाश झर्छ भन्दै प्रश्न समेत  गरेका छन् । ‘तमुवान प्रदेश घोषणा गर्दैमा आकाशै खस्ने त होइन,’ उनले भने, ‘अरु जातजाति पनि त यहाँ बस्छन् । उनीहरुको पनि छुट्टै अस्तित्व रहन्छ । तमुवान घोषणा गर्दैमा तमुवान मात्रै बस्ने भन्ने त हुँदैन ।’

कर्णाली र सुदुरपश्चिम प्रदेशको नामाकरण स्मरण गर्दै अध्यक्ष भट्टराईले सरकारले जनतामा भ्रम छरेको आरोप लगाए । ‘जनतामा भ्रम छरेर कहिलेसम्म स्वार्थको रोटी सेक्ने ?’ उनले भने, ‘यो भ्रमलाई चिर्नुपर्छ ।’ सभामा उपस्थित तमुहरुलाई एक–दुई जना सत्तामा पुग्दैमा उपलब्धि हाँसिल नहुने भन्दै सचेत पारे । ‘एक, दुईजना चाकरी गरेर सत्तामा पुग्दैमा केही हुने होइन,’ उनले भने । 

जनताको घर–घरमा पुगेर जनभावना बुझी समाजवादी पार्टीले जनतामा जागरण जगाएर राष्ट्रिय एकता जगाउने समेत उनले आश्वासन दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप