शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हराएका १४ मोटरसाइकल सम्बन्धित व्यक्तिलाई फिर्ता

शनिबार, ११ असोज २०७६, १३ : ००
शनिबार, ११ असोज २०७६

काठमाडौँ । ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १४ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । 

महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष्ठ, अर्जुन राई, राजेन्द्रबाबु अर्याल, गोकुलप्रसाद महतो, जीतेन्द्र बस्नेत, सुपेन्द्र श्रेष्ठ, राजु लामा र कर्मा गुरुङको हराएको मोटरसाइकल फेला पारेको हो । 

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीकुमार पौडेलले बढी भीडभाड हुने क्षेत्रमा धेरै सवारीसाधन चोरी हुने गरेको बताए । 

‘बसपार्क, अस्पताल र बजार क्षेत्रमा धेरै मोटरसाइकल हराउने गरेका छन्’, उनले भने । 

यसैबीच महाशाखाले यस वर्ष छ वटा सवारीसाधनसमेत फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । 

मोटरसाइकल चोर्ने १९ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइएको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप