बायर्नले जित्दा डर्टमन्ड बराबरीमा रोकियो
जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले कठिन जित निकाल्दा अर्को बलियो टोली बोरुसिया डर्टमन्ड भने बराबरीमा रोकिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बायर्नले घरेलु टोली पाडेरबर्नलाई ३–२ गोलले हरायो । डर्टमन्ड वेर्डेर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकियो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा बायर्नलाई जिताउन सर्जी जिनाब्री, फिलिप कोउटिन्हो र रोवर्ट लेवान्डोस्कीले गोल गरे । घरेलु टोलीका केइ प्रोगर र जमिलु कोलिन्सले गोल गरे । बायर्नले १५औं मिनेटमा सर्जी जिनाब्रीको गोलबाट अग्रता लिएको थियो । ५५औं मिनेटमा कोउटिन्होले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा केइ प्रोगरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।
७९औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता थप बलियो बनाए । पाडेरबर्नका जामिलु कोलिन्सले ८४औं मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । जितसँगै शीर्ष स्थानमा उक्लिएको बायर्नले ६ खेलबाट १४ अंक बनाएको छ । एक अंकमा सिमित पोडेरबर्न तालिकाको अन्तिममा छ । दोस्रो स्थानको आरबी लेइपजिगको १३ अंक छ । शनिबार रातिनै भएको खेलमा लेइपजिग साल्केसँग ३–१ ले पराजित भएको थियो ।
यसैगरी अर्काे खेलमा बोरुसिया डर्टमन्डका लागि मारियो गोट्जेले नवौं र मार्काे रिउसले ४१औं मिनेटमा गोल गरे । वेर्डेर ब्रेमेनका मिलोट रासिचाले सातौं र मार्काे फ्रेइडले ५५औं मिनेटमा गोल गरेका थिए । बराबरीसँगै ११ अंक बनाएको डर्टमन्ड सातौ स्थानमा छ । सात अंक बनाएको वेर्डेर ब्रेमेन १०औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण