घरपालुवा कुकुरलाई दैनिक नघुमाए २७ सय डलर जरिवाना
आइतबार, १२ असोज २०७६, १२ : ०२
एजेन्सी । अष्ट्रेलियाको राजधानी क्यानबेराका कुकुरधनीले अब दिनमा एक पटक आफ्नो कुकुर घुमाउनै पर्नेछ । स्थानीय प्रशासनले यो नयाँ व्यवस्था ल्याएको हो ।
यो नियम पालना गर्न नसकेको अवस्थामा व्यक्तिले २७०० डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।
सरकारले जीवजन्तु कल्याण विधेयक संशोधन ऐनलाई लागू गरेपछि यो व्यवस्था कार्यान्वयनमा आएको हो । ऐनमा जनावर कल्याणसम्बन्धमा कडा कानुनी व्यवस्था गरिएको छ ।
यस ऐन अनुसार कुकुरधनीले आफ्नो कुकुरलाई उचित भोजन, आवास र पानीको व्यवस्था गर्नुपर्नेछ ।
२४ घण्टा आफूसँग राख्ने कुकुरलाई कम्तिमा पनि दुई घण्टा खुल्ला छाड्नु आवश्यक हुने सहर प्रशासनको विचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण