गढीमाई मन्दिरको संरक्षण र सम्बर्धनका लागि राज्यको ध्यान जान जरुरी छः राष्ट्रपति भण्डारी
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरको उचित संरक्षण एवं सम्बर्धनका लागि राज्यको ध्यान जान जरुरी रहेको बताएकी छिन् । गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा तथा समुद्घाटन कार्यक्रमलाई टेलिफोनमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गढीमाई नेपालीका लागि मात्र नभई विश्व मानचित्रमा अङ्कित भइसकेको हुँदा यसको विकासका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिइन् ।
खराब मौसमका कारण पूर्वनिर्धारित कार्यक्रममा उपस्थित हुन नसकेपछि टेलिफोन सम्बोधनमार्फत राष्ट्रपति भण्डारीले मेलालाई सभ्य, भव्य र स्वच्छ रुपमा मनाउन सबैलाई आग्रह गरिन् । सहमति, सहकार्य र एकताको मिलनविन्दुलाई शिरोधार्य गर्दै विवाद रहितरुपमा मेला सम्पन्न गर्न सबैको सहयोग, समर्थन हुने विश्वास उनले व्यक्त गरिन् ।
गढीमाई मन्दिर आफैँमा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्व बोकेको हुँदा यसको पहिचान विश्वसामु अझै परिचित गराउन कुनै कसर बाँकी राख्न नहुने बताए । गढीमाई मन्दिर क्षेत्रमा एउटा सुविधासम्पन्न अस्पतालको आवश्यकता रहेको हुँदा यसका लागि आफूले सक्दो सहयोग गर्ने पनि राष्ट्रपति भण्डारीले बताए ।
मन्दिर दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि सुलभ शौचालय, शुद्ध खानेपानी, बिजुलीबत्ती र सडक यथाशीघ्र निर्माण गर्न आफूले पहल गरिरहेको पनि राष्ट्रपति भण्डारीले जानकारी दिइन् । राष्ट्रपतिले कृषिका लागि सिंचाइ, डुबान नियन्त्रण गर्नका लागि अल्पकालीन र दीर्घकालीन व्यवस्था गरिनुपर्ने बताउँदै बारा जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र जलजङ्गललाई प्राथमिकताका साथ अगाडि बढाउन सके अर्थतन्त्रमा पनि यसले फड्को मार्ने विश्वास व्यक्त गरिन् । बाराको बरियारपुरमा आगामी मङ्सिरमा गढीमाई मेला लाग्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण