देउवाको आक्रोशः जनताको दैलो नटेक्ने अनि कसरी आउँछ भोट ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कोलाई गुटगत राजनीति गरेको आरोप लगाउन छोडेका छैनन्।
प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ।
केन्द्रका शीर्ष नेतादेखि गाउँका साधारण कार्यकर्तासम्मको एउटै भनाइ छ– ‘कांग्रेसले आन्तरिक गुट–उपगुट त्यागेर एकढिक्का नभएसम्म गुमेको साख फर्काउन सकिँदैन।’
नेपाल शिक्षक संघ काभ्रेले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा शिक्षक सम्मान कार्यक्रममा सभापति देउवा जनता सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै जनताको सुख–दुःखमा साथ दिन कांग्रेसका आम नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवाको समेत चेत खुलोस् भन्दै हामीले व्यक्तिगत स्वार्थका लागि मात्र काम गरिराखेका छौं कि देश र जनताका लागि पनि काम गरिरहेका छौं भन्दै उनले पार्टी सभापतिलाई पार्टी्भित्र समानताको व्यवहार गर्न आग्रह गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण