नापोली र रोमा विजयी
एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलको उपाधि दावेदार नापोली र एएस रोमाले कठिन जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २–१ गोलले हरायो । अर्को खेलमा रोमाले लिस्सेलाई १–० गोलले स्तब्ध बनायो ।
नापोलीको जितमा ड्रिएस मेर्टेन्सले १३औँ मिनेटमा खाता खोले । कोस्टास मानोलसले ४५औँ मिनेटमा अर्को गोल गरेका थिए । ब्रेसियाका मारियो बालोटेलीले ६७औं मिनेटमा एक गोल फर्काए पनि टोलीको हार टरेन । जितसँगै नापोली लिगको चौँथो स्थानमा उक्लिएको छ । नापोलीले ६ खेलबाट १२ अंक बनाएको छ । ६ अंक बनाएको ब्रेसिया १४औँ स्थानमा छ ।
यसैगरी रोमाको जितमा एडिन जेकोले ५६औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै ११ अंक बनाएको रोमा पाँचौं स्थानमा उक्लिएको छ । ६ अंक बनाएको लिस्सेले रेलिगेसन लाइन मात्र छलेको छ ।
अर्को खेलमा चर्चित टोली एसी मिलान फियोरेन्टिनासँग ३–१ ले पराजित भएको छ । जितसँगै आठ अंक बनाएको फियोरेन्टिना नवौं स्थानमा छ । ६ अंक बनाएको मिलान १६औं स्थानमा छ । जारी लिगमा मिलानको यो चौंथो हार हो । लिगको शीर्ष स्थानमा रहेको इन्टरको १८ र दोस्रो स्गानमा रहेको युभेन्ट्सको १६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण