एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक बीच एकिकृत कारोबार सुरु

काठमाडौं– एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक बीच यही असोज ११ गते शनिबारका दिनदेखि एकीकृत कारोवारको शुभारम्भ भएको छ ।
दुबै संस्था गाभिएपश्चात बैंकको चुक्तापूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुलपुँजी २० अर्ब १५ करोड पुगेको छ । मर्जपश्चात बैंकको नामएनएमबि बैंक र मुख्य कार्यालय एनएमबि भवन बबरमहल काठमाडौं रहको छ ।
दुबै संस्था गाभिएपश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुलशाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।
एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाईएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको दिल्लीमाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ