१९औँ वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे बैंकद्वारा रक्तदान
सोमबार, १३ असोज २०७६, १८ : ४७
काठमाडौं– माछापुच्छ्रे बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
‘रक्तदान नै जीवन दान’ हो भन्ने मुल नाराका साथ असोज १३ गते बैंकको प्रधान कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १४० वटा शाखाहरु, १२८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २६८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
साथै, बैंकको देशभर १६० वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण