शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा भीरबाट लडेर विदेशी नागरिक घाइते

सोमबार, १३ असोज २०७६, १९ : १८
सोमबार, १३ असोज २०७६

पोखरा– गोरखामा भिरबाट लडेर एकजना विदेशी घाइते भएका छन् । प्रहरीका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका ७ मा पर्ने निलेमा चुम भ्याली जाने क्रममा लडेर उनी घाइते भएका हुन् ।

घाइते नागरिक अष्ट्रेलियन मुलुकी स्टेफिन सि योङग वाङ रहेको प्रहरीले जनाएको छ । उनको पासपोर्ट नम्बर PA11825115 रहेको प्रहरीले जानकारी दियो । 

हिँड्ने क्रममा लड्दा खुट्टामा चोट लागेको प्रहरीको भनाई छ । घाइते वाङलाई तत्काल उद्दार गरि थप उपचारको लागि हेलिकप्टरमा काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप