ऐश्वर्या रायले पेरिस फेशन विकमा र्याम्प वकमार्फत् गरिन् डेब्यू (भिडियो)
ऐश्वर्या राय बच्चनले लोरियल पेरिसले डिफाइल शोमा इटालियन डिजाइनर गिएमबटिस्टा वल्लीले डिजाइन गरेको आउटफिटमा र्याम्पमा हिँडिन् । पर्पल ड्रेसमा ऐश्वर्या निकै सुन्दर देखिएकी थिइन् । यो उनको पेरिस फेशन विकमा डेब्यू थियो ।
Photo: AP
यस्तो थियो ऐश्वर्याको लुकः
ऐश्वर्याले इवा लन्गोरिया, केमिला कबेलो, हेलेन मिरेन, गैरी हार्नर, अम्बेर हर्ड, डाउनजेन क्रोएस र लिया क्याबेडेटसँग र्याम्पमा हिँडिन् । ऐश्वर्याले सुन्दर लिलेक प्रिन्टेड ड्रेस लगाएकी थिइन् । यो हाई नेक ड्रेससँग डिजाइन गरिएको थियो । साथै यसमा एउटा लामो ट्रेल पनि थियो जसले क्लासिक लुक दिइरहेको थियो । उनले ह्वाइट रफल्ड शुज लगाइरहेकी थिइन् ।
पेरिस फेशन विकको आयोजना ऐतिहासिक संस्थान मोनाई डे पेरिसमा शनिबार आयोजना गरियो । ऐश्वर्या राय पछिल्लो १८ वर्षदेखि लोरियल पेरिस ब्रान्ड एम्बेसडर छ । साथै, उनी हरेक वर्ष कान्स फिल्म फेस्टिबलमा पनि हरेक वर्ष ब्रान्डलाई प्रतिनिधित्व गर्छिन् ।

Photo: Vianney Le Caer/Invision/AP

Photo: Vianney Le Caer/Invision/AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण