प्रदेश ५ मा अख्तियारका दुई स्टिङ अपरेशन, २४ घण्टामा प्रहरीका सई र प्रधानाध्यापक पक्राउ
बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोग आयोग बुटवलले २४ घण्टाको अवधिमा दुई वटा स्टिङ अपरेशन गरेको छ । सोमबार साँझ अख्तियारले १५ हजार घुससहित प्रहरी नायव निरीक्षक (सई) लाई रुपन्देहीबाट नियन्त्रणमा लियो ।
इलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)खिमबहादुर जिसी सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए।
यस्तै मंगलबार पनि कपिलवस्तुमा प्रधानाध्यापक पक्राउ परेका छन् । बिहान अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले कपिलवस्तुबाट रु ४० हजार घुस रकमसहित श्री बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ८ स्थित बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रबिन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यलय सहयोगी राम कुमार लुनिया रहेका छन् ।
विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गर्नका लागि उनीहरुले घुस रकम मागेको सूचनाका आधारमा अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण