शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

महरा प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान

मङ्गलबार, १४ असोज २०७६, १५ : ५९
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं–राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार पीडित भनिएकी महिलाबाट मौखिक उजुरी आएकाले प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । यसै क्रममा प्रहरीले घटनास्थलबाट मदिराको बोतल, कपडा लगायतको सामग्री बरामद गरेको छ । 

प्रहरीले महिला बस्ने घरको वरिपरीको सिसिटिभी फुटेज पनि संकलन सुरु गरेको बताइएको छ । 

महराले सभामुखबाट राजीनामा दिएपछि प्रहरीलाई यस घटनाबारे अनुसन्धान गर्न सहज भएको छ । यद्यपि पीडित महिलाको तर्फबाट लिखित उजुरी नआएसम्म बिस्तृत अनुसनधान सुरु हुन नसक्ने प्रहरीले जनाएको छ ।

तत्कालका लागि दषी वा प्रमाणकारुपमा लिइनसक्ने केही सामग्री बरामद गरिएको भएपनि लिखित उजुरी आएपछि मात्रै यस सम्बन्धमा बिस्तृत अनुसनधान हुने काठमाडौं प्रहरीले जनाएको छ । एक महिलाले बलात्कारको आरोप लगाएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप