सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अब किसानलाई पनि निवृत्तिभरणको व्यवस्था

मङ्गलबार, १४ असोज २०७६, १६ : ५०
मङ्गलबार, १४ असोज २०७६

काठमाडौं– सरकारले चालू आर्थिक वर्ष भित्रै किसानलाई पनि निवृत्तिभरणको व्यवस्था गर्ने तयारी गरेको छ ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचयपत्र वितरणको काम तत्काल सुरु गर्न लागिएको पनि जानकारी समेत दिए ।

राष्ट्रिय किसान आयोगले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले किसानलाई परिचयपत्र वितरण गरेपछि नियमावली बनाएर निवृत्तिभरण दिने योजना रहेको पनि स्पष्ट पारे । त्यसका लागि बजेटका व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको मन्त्री खनालको भनाई छ ।

मन्त्री खनालले किसानलाई परिचयपत्र वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप